हिमालयन बैंकद्वारा १० लाख रुपैयाँको दुर्घटना, मृत्यृ बीमा दाबी भुक्तानी रकम दिइने

काठमाडौं – हिमालयन बैंक (HBL) ले विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यृ बीमा सुविधा अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना मृत्यृ बीमा दाबी रकम भुक्तानी गरेको छ ।
बैंकका खातावाला स्व. ईश्वर गुराँगाईको दुर्घटनामा परी असामयिक निधन भएको हुँदा निजको पत्नी विमला गुराँगाईलाई सो रकम असार १९ गते सोमबारका दिन बैंकको बनेपा शाखाका शाखा प्रबन्धक सुर्योदय प्रजापतीले शाखाका अन्य कर्मचारीहरुबीच हस्तान्तरण गरेका हुन् । बैंकले उक्त खाता योजनामा हिमालयन एभरेष्ट इन्स्योरेन्ससँग खातावालाहरुको दुर्घटना मृत्यृ बीमा खरिद गरेको हो ।
यस दुखद घडीमा सो रकमले मृतकको परिवारमा केही सहयोग हुन्छ भन्नेमा बैंक आशावादी रहेको जनाएको छ । हाल हिमालयन बैंकले विशेष तलबी खाता र नारी वचत खाता योजनामा १० लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यृ बीमा सुविधा प्रदान गर्दै आएको छ ।
अन्य वचत योजनाहरुमा पाँच लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यृ बीमा गरिदै आएको छ । हाल बैंकको देश भरमा १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटिएमहरु रहेका छन् ।