प्रि ओपन सेसन अपडेटः ४ अंक बढ्यो नेप्से

काठमाडौं – साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार २८.३८ अंक बढेर २०७७.७६ विन्दु बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.९९ अंक बढेर २०८१.७५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.३६ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा २१ स्टकको २१ लाख १४ हजार २७ रुपैयाँ ५० पैसा बराबरको ३ हजार ६५० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० स्टकको मूल्य बढेको छ भने ६ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।