अबदेखि मासु पसल पनि खोल्न नपाइने (विज्ञप्तिसहित)

काठमाडौं – काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाले लकडाउनलाई थप कडाई गरेको छ । नगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न व्यवसाय संचालनमा कडाई गरेको हो ।
अबदेखि नगरवपालिका भित्र संचालित चिया पसलहरु, मासु पसल, सैलुन, स्टेसनरी पसल, कपडा पसल लगायत संचालन गर्न पाइने छैन । नगरपालिकाले भदौ १ गतेदेखि १५ गतेसम्म नगरपालिकाभित्र संचालित अधिकाँश व्यवसाय बन्द गरेको हो ।
हेर्नुहोस् विज्ञप्ति