शनिवार पनि बैंक तथा वित्तीय संस्था खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं – शनिवार पनि बैंक तथा वित्तीय संस्थाहरुले कार्यालय खोल्नु पर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै राजस्व संकलन, चेक क्लियरिङ, फण्ड ट्रान्सफरका लागि भोलि असार २३ शनिवार र असार ३० गते शनिवार पनि राति ८ बजेसम्म बैंक तथा वित्तीय संस्था खुला राख्न भनेको हो ।
यस्तै असार ३१ गतेपनि बेलुका सात बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु खुला राख्न भनेको छ । चालु आर्थिक वर्ष २०७९/८० सकिनै लाग्दा सरकारलाई राजस्व संकलनको दबाब परेको छ । बैंक तथा वित्तीय संस्थाहरु साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गराउन केन्द्रिय बैंकले सूचना जारी गरेको छ ।