फेरी घट्यो सुनको मूल्य

काठमाडौं – आईतबार सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदि व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ सय घटेर ९८ हजार ४ सयमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन शुक्रबार सुन तोलामा ९८ हजार ६ सयमा कोराबार भएको थियो । त्यस्तै आइतबार चाँदी ३० रुपैयाँले घटेर १३ सय २५ मा कारोबार भइरहेको छ । अघिल्लो दिन शुक्रबार १३ सय ५५ मा कारोबार भएको थियो ।