सुनचाँदीको भाउ बढ्यो

काठमाडौं – सुनचाँदीको भाउ बढ्ने क्रम जारी रहेको जनाएको छ । असार २१ गते, बिहीबार सुन तोलामा १०० रुपैयाँले बढेको छ । सुन निरन्तर तेश्रो दिन उकालो लागेको हो । चाँदी पनि आज प्रतितोला १५ रुपैयाँले महंगिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार १५० रुपैयाँमा रुपैयाँ पुगेको छ । बुधबार पनि सुन तोलामा २०० रुपैयाँले वृद्धि भएर प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तीन दिनमा सुन प्रतितोला ७०० रूपैयाँले बढेको महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३९५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो दुई कारोबार दिन पनि चाँदीको मूल्य वृद्धि भएको थियो । २ दिनमा चाँदी तोलाकै २५ रुपैयाँले बढिसकेको छ । बिहीबार चाँदी तोलामा पाँच रूपैयाँले महंगिदा प्रतितोला एक हजार ३८० रूपैयाँमा किनबेच भएको थियो ।