प्रि ओपन सेसन अपडेटः करिब १ अंक बढ्यो नेप्से परिसूचक

काठमाडौं – साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ३९.२६ अंक घटेर २०४९.४४ विन्दु बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८४ अंक बढेर २०५०.२८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१९ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा १६ स्टकको ३ लाख ७७ हजार २७८ रुपैयाँ बराबरको ९९० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ।