भाग्यमानी २ जनाले पाए ११ कित्ताका दरले शेयर, थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं – असार १९ गते, मंगलबार, थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालय, ठमेलमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले असार ५ गतेदेखि ८ गतेसम्म प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६ लाख १३ हजार १६२ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो शेयरमा कुल १० लाख २४ हजार ४६ आवेदन परेको थियो। जसमध्ये २ हजार ८४८ आवेदन रद्द भएको छ भने १० लाख २१ हजार १९८ आवेदन स्वीकृत भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र निष्काशन बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्यूनतम १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। जसअनुसार ६१ हजार ३१६ आवेदनकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। सोमध्ये भाग्यमानी २ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।