लघुवित्तको गुनासो सुन्न राष्ट्र बैंकमा सुनुवाइ, निशुल्क फोन गरेर टिपाउन आग्रह

काठमाडौं – नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो दर्ता गर्न गुनासो सुनुवाइ डेस्कको स्थापना गरेको जनाएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त वर्गका लघुवित्त वित्तीय संस्थाहरूसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यहरूको लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेस्कको स्थापना भएको बताएको छ ।

राष्ट्र बैंकका अनुसार यस गुनासो सुनुवाइ डेस्कमा आफ्नो गुनासो पैसा तिर्नुनपर्ने (टोल फ्रि) फोन नम्बर १८१०५००००२२ मार्फत वा बैंकको अनलाइन गुनासो पोर्टल gunaso.nrb.org.np बाट वा इमेल [email protected] मार्फत वा कार्यालय समयमा नेपाल राष्ट्र बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।