१० खर्बमाथिको मार्केट क्याप भएको पहिलो भारतीय एयरलाइन्स बन्यो

काठमाडौं – ठूलो परिमाणमा एयरबस खरिदको अर्डर दिएर चर्चामा रहेको भारतीय वायुसेवा इन्डिगो सबैभन्दा बढी बजार पुँजीकरण भएको पहिलो भारतीय कम्पनी बनेको बताएको छ ।

१० खर्ब भारुभन्दा बढी बजार पुँजीकरण कायम गर्दै इन्डिगो एयरलाइन्स पहिलो विमान कम्पनी बनेको हो। भारतमा अहिलेसम्म कुनै पनि एयरलाइन्सको मार्केट क्याप एक अर्ब माथिको थिएन।

व्यवसायमा आक्रामक बिस्तारका लागि ५०० वटा एयरबस बिमान किन्ने अर्डर दिएलगत्तै कम्पनीको सेयरमा तीव्र वृद्धि भएको छ। बिहीबार सेयर मूल्यमा ३।५५ प्रतिशतभन्दा बढी वृद्धि हुँदै कम्पनीले यो उपलब्धि हासिल गरेको हो।

सन् २०२३ मा मात्रै कम्पनीको सेयर मूल्यमा २८ प्रतिशतभन्दा धेरै बढिसकेको छ। एयरबससँग ५० अर्ब डलरको जहाज खरिद सम्झौतापछि कम्पनीको सेयर मूल्यको टार्गेट पनि बढेको छ। इन्डिगोको सेयर मूल्य अझै बढ्ने ब्रोकरेज कम्पनी यूबीएसले बताएको छ। हाल यसको सेयर मूल्यको टार्गेट ३३०० रुपैयाँ भए पनि अझै यो बढ्ने यूबीएसले अनुमान गरेको छ।