कहिले आउँछ एनसेलको आईपिओ ?

काठमाडौं – निजी क्षेत्रको सबैभन्दा ठूलो दुरसंचार प्रदायक कम्पनी एनसेलले साधारण सेयर निश्कासन (आईपिओ) जारी गर्ने भएको छ । एनसेल प्रा.लिको नाममा दर्ता रहेको कम्पनी एनसेल अक्जियाटा लिमिटेडमा रुपान्तरण भएसँगै साधारण सेयर निश्कासनका लागि बाटाु खुल्ला भएको हो ।

कम्पनी ऐन २०६३ अनुसार ५ करोड भन्दा माथि चुत्ता पुँजी भएको दुरसंचार प्रदायक कम्पनी पव्लिक लिमिटेड कम्पनीमा रुपान्तरण हुन पर्ने बाध्यकारी व्यवस्था अनुसार एनसेल पव्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको हो । लामो समयदेखि पव्लिक लिमिटेड कम्पनीमा जान आनाकानी गरिरहेको एनसेलले नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ सिस्टम लागु गर्ने भएपछि पव्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको हो ।

कहिले आउँछ आइपिओ ?

एनसेल प्रा.लि कम्पनी ऐन २०६३ को बाध्यकारी नियम पछि २०७७ साउन १९ गते पव्लिक लिमिटेड कम्पनीका रुपमान्तरण भएको हो । पव्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको १ बर्षपछि साधारण सेयर जारी गर्न पर्ने कानुनी व्यवस्था छ ।

एनसेलले अब पौष मसान्तसम्म बार्षिक साधारण सभा गरी साधारण सेयर निश्कासन आईपिओ जारी गर्ने प्रस्ताव पारित गर्न पर्ने छ । सो प्रस्ताव पारित भएपछि आईपिओ निश्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने छ । निवेदन दिएको केही समयमा आइपिआ ेनिश्कासनका लागि धितोपत्र बोर्डले अनुमति दिनेछ ।

यसरी विभिन्न प्रकृया पुर्याउनका लागि आगामी एक बर्षभन्दा धेरै समय लाग्ने छ । एनसेलले साधारण सेयर बुक बिल्डिङ विधिबाट निश्कासन गर्ने तयारी गरेको छ ।