जीवन विकास लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जीवन विकास लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको जनाएको छ । बुधबार लघुवित्तको १४.२८५ प्रतिशत अर्थात १४ लाख ७७ हजार ५४२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।