संघिय सांसद यादवलाई कोरोना संक्रमण

जनकपुरधाम – संघीय सांसद डा. सूर्यनारायण यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित डा. यादवमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको हो । ६४ बर्षीय डा. यादव लामो समयदेखि जनकपुरधाममा निजी क्लिनिक संचालन गर्दै आएका छन् ।
बाल रोग विशेषज्ञ डा. यादवले आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरे । उनले क्लिनिकमा उपचार गराउन आएका महोत्तरीका एक जना बालकबाट आफूलाई कोरोना सरेको बताए ।