प्रि ओपन सेसन अपडेटः ७ अंक बढ्यो नेप्से

काठमाडौं – बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ७ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५६.९४ अंक बढेर २१८६.३६ विन्दु बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.१५ अंक बढेर २१९३.५१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.२९ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ५४ स्टकको २४ लाख ९८ हजार ५२२ रुपैयाँ ८० पैसा बराबरको ४ हजार ९८५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४१ स्टकको मूल्य बढेको छ भने ७ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको शेयरमूल्य यस दिन सो सेसनमा स्थिर रहेको जनाएको छ।