सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं – सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज असार १३ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असार १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने जनाएकोे छ ।

कम्पनीले असार २२ गते धुलिखेलको धुलिखेल लाज रिस्पोर्टमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको बताएको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने भएको छ ।

यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु:

साधारण प्रस्ताव

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आर्थिक वर्ष २०७८ / ७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. आर्थिक वर्ष २०७८ / ७९ को लेखा परीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा र नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरण तथा अनुसूचीहरु छलफल गरी पारित गर्ने ।

३. आर्थिक वर्ष २०७९ / ८० को लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४. संस्थाको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम मिति २०७९ आषाढ मसान्तको कुल चुक्ता पुँजीको ५ प्रतिशतका दरले हुने रकम रु. ६६,००,०००/- (अक्षरेपि छैसठ्ठी लाख मात्र) नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने ।
५. वित्तीय संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक शेयरधनी तर्फको ४ जना र सर्वसाधारण शेयरधनी तर्फको २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने ।

विशेष प्रस्ताव

१. यस वित्तीय संस्था अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्नेरगाभिने कार्य सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने । साथै, यस वित्तीय संस्था र बिपिडव्लु लघुवित्त वित्तीय संस्था वीच गाभ्नेरगाभिने (मर्जर) कार्यको प्रक्रिया अगाडि बढाउने सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने ।

२. संस्थाको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम मिति २०७९ आषाढ मसान्तको कुल चुक्ता पुँजीको १० प्रतिशतका दरले हुने रकम रु। १,३२,००,०००र (अक्षरेपि एक करोड बत्तीस लाख मात्र) बोनस शेयर वितरण गर्ने ।

३. प्रस्तावित बोनस शेयर वितरण गर्न प्रस्ताव पारित भए पश्चात् सो बमोजिम संस्थाको जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने र सोही बमोजिम प्रवन्धपत्रको दफा ६ को (ख) र (ग) मा संशोधन गर्ने ।

४. बुँदा नं. २ बमोजिम प्रवन्धपत्र संशोधन गर्न नियामक निकायबाट फेरवदल वा सच्याउन निर्देशन प्राप्त भएमा सो बमोजिम आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।