आज करिब ४ अंक बढ्यो नेप्से

काठमाडौंं – साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंक बढेको जनाएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार १४.०५ अंक घटेर २०५०.७९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.८४ अंक बढेर २०५४.६२ विन्दुमा पुगेको हो भने, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७४ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा १९ स्टकको ४ लाख ९६ हजार ९०७ रुपैयाँ बराबरको १ हजार ६७३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको स्पष्ट पारेको छ।