सुनचाँदीको भाउ आज पनि बढ्यो

काठमाडौंं – आज मंगलबार सुनचाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

आज तेजावी सुन पनि तोलामा २ सयले नै बढेर प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको बताएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ८ सय २० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ३ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।