लघुवित्तलाई बोर्डको अनुमति राष्ट्र उत्थान प्राप्ति गर्न आशा

काठमाडौं – राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था (RULB) लाई प्राप्ति गर्न आशा लघुवित्त वित्तीय संस्थाले नेपाल धितोपत्र बोर्डबाट पूर्व स्वीकृति पाएको छ । धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसाम गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका २०७९ अनुसार पूर्व स्वीकृति दिइएको हो ।
आशा लघुवित्त वित्तीय संस्था (ALBSL) ले राष्ट्र उत्थानलाई प्राप्ति गर्ने राष्ट्र बैंकबाट पनि जेठ २३ गते प्राप्ति गर्न सैद्धान्तिक सहमति प्राप्त भएको थियो । आशा लघुवित्तले राष्ट्र उत्थानलाई प्राप्ति गर्ने सम्बन्धी दुई लघुवित्तबीच गत चैत २९ गते सम्झौता भएको थियो ।
नुवाकोटको मदरपुरमा राजिष्टर्ड कार्यालय भएको आशा लघुवित्तले काभ्रेको बनेपा, साँगामा रजिष्टर्ड कार्यालय भएको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने भएको हो ।