प्रि ओपन सेसनमा नेप्से परिसूचक ६ अंक बढ्यो

काठमाडौं – साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ६ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ६२२१ अंक बढेर २११७.७३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.२७ अंक बढेर २१२४.०१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४१ अंक ले घटेको जनाएको छ ।
सोमबार प्रि ओपन सेसनमा ३६ स्टकको १६ लाख १३ हजार २४६ रुपैयाँ ६० पैसा बराबरको २ हजार ३७२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३० स्टकको मूल्य बढेको छ भने ५ स्टकको मूल्य घटेको हो। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।