आईपिओ बाँडफाँडमा गृहमन्त्री नारायणराजी श्रेष्ठ प्रमुख अतिथि

काठमाडौं – उपप्रधान तथा गृह मन्त्री नारायणराजी श्रेष्ठ नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपिओ बाँडफाँडमा सहभागी भएका छन्। उनी प्रमुख अतिथिको रुपमा आईपिओ बाँडफाँडमा सहभागी भएका हुन् ।

आईपिओ बाँडफाँडमा मन्त्री नै सहभागी हुने यो विरलै नयाँ प्रयोग हो । यस अघि त्रिशुली जलविद्युत कम्पनीको आईपिओ बाँडफाँड हुँदा तत्कालिन उर्जा मन्त्री वर्षमान पुनस् सहभागी भएका थिए । सो आईपिओ बाँडफाँड भने उर्जा मन्त्रालयमा नै भएको थियो । सरकारी लगानीको कम्पनी भएको र उर्जा मन्त्रालय कै नेतृत्वमा सुरु भयो कार्यक्रम जनताको जलविद्युत कार्यक्रमु भएकोले उर्जा मन्त्री आईपिओ बाँडफाँडमा सहभागी भएका थिए ।

तर आज भने मिडिया कम्पनीको आईपिओ बाँडफाँड भएको हो । गृह मन्त्रालय मिडियासँग सम्बन्धित मन्त्रालय पनि होइन । मिडियाको तालुकदार निकाय संचार मन्त्रालय हो । आईपिओ बाँडफाँडमा गृहमन्त्री पुगेसंगै गृहमन्त्री फुर्सदिलो भएको चर्चा चलेको छ ।

नेपाल रिपब्लिक मिडियाको बिक्री प्रबन्धक मेगा क्यापिटलले ठमेलको छायाँसेन्टर स्थित होटेल अलोफ्टमा शेयर बाँडफाँड गरेको हो। सर्वसाधारणलाई शेयर निष्काशन गर्ने पहिलो मिडिया कम्पनी बनेको रिपब्लिकले ५ तारे होटेलमा कार्यक्रम गरेर आईपिओ बाँडफाँड गरेको हो ।