कामपा बजेटः धुलोरहित काठमाडौं बनाउन १ अर्ब, सुन्दर महानगरका लागि २५ करोड

काठमाडौं – धुलोरहित काठमाडौं बनाउने योजनाको लागि काठमाडौं महानगरपालिकाले १ अर्ब बजेट विनियोजन गरेको छ। महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै काठमाडौं सहरलाई धुलोरहित बनाउन डीपीआर भएका सबै सडक र पेटी निर्माण लगायतका योजनाहरु अघि बढाइने छ। त्यसको निर्माण तथा मर्मत गर्न उक्त बजेट खर्च गरिने उनले बताइन्।

उनले यसले धुलोरहित काठमाडौंको योजना कार्यान्वयन गरिने बताइन्। यस्तै, सुन्दर महानगर योजनाको लागि पनि २५ करोड बजेट विनियोजन गरिएको उनले बताइन्। यसमा काठमाडौं महानगर क्षेत्रभित्रका पार्क तथा अन्य सबै क्षेत्रलाई हराभरा गर्ने योजना महानगरपालिकाको छ।