सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार :

काठमाडौं – आज बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

आज तेजावी सुन पनि तोलामा ८ सयले नै घटेर प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । चाँदीको भाउ तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार १ सय ६५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ६ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ८७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।