कनेक्ट आईपीएसकाे रिफर अ फ्रेण्ड २.०अफर

काठमाडौं- कनेक्ट आईपीएसको “रिफर अ फ्रेण्ड २.० अफर अन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आईपीएस रजिष्टर हुन रिफर गर्न सक्नेछन् ।

उक्त अफर अन्तर्गत २०८०, असार ५ गते देखि असार ३१ गतेसम्म ‘Referee’ ले आफ्नो बैंक खाता भेरिफाई गराएपछि ‘Referrer’ले २५ रूपैयाँ र ‘Referee’ले ५० रूपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् ।

अफरको फाइदा लिन ‘Referrer’ ले आफ्ना साथी तथा आफन्तजनहरुलाई आफ्नो ‘Referral Code’ दिनुपर्ने हुन्छ । ‘Referee’ले भने कनेक्ट आईपीएसमा नयाँ यूजर रजिष्टर गर्दा उक्त ‘Referral Code’ दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाई वा नजिकैको बैंकमा गएर भेरिफाई गरे पश्चात ‘Referrer’ ले २५ रूपैयाँ आफ्नो बैंक खातामा र ‘Referee’ले ५० रूपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्नेछन् । Referrer ले आफ्नो ‘Referral Code’ सँगै लिंक पनि शेयर गर्न सक्नेछन् र ‘Referee’ ले उक्त लिंक क्लिक गरी www.connectips.com वा मोबाइल एप मार्फत नयाँ यूजर बनाउन सक्ने छन् ।

‘Referee’को लिंक गरिएको खाता भेरिफाई भए पश्चात मात्र रिफरल खातामा प्राप्त हुने हुँदा रिफरीले अफर अवधि भित्र खाता भेरिफाई गराई सक्नुपर्ने हुन्छ ।

कनेक्ट आईपीएस, बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो । कनेक्ट आईपीएसको वेब मार्फत प्रति कारोबार २० लाख रूपैयाँसम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ ।

यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, शेयर कारोबार, नेपाल पे क्यूआर लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ । कनेक्ट आईपीएस मार्फत चालु आर्थिक वर्षको जेठ मसान्त सम्म ५२ सदस्य बैंक वित्तीय संस्था मार्फत ३,६२६ अर्ब रूपैयाँ बराबरको ४ करोड ५० लाख भन्दा बढी भुक्तानी कारोबार फर्छ्याैट भइसकेको छ ।