नयाँ ब्रोकरलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउन अर्थसमितिको निर्देशन

काठमाडौं – अर्थसमितिले ब्रोकर लाइसेन्सको प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। मंगलबार धितोपत्र बोर्डलाई लाइसेन्स बारे स्पष्टीकरण सोधेर प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताएका छन्। प्रणाली र यसको उपयोगिताले कस्तो प्रभाव पार्ने संसदहरुलाई स्पष्ट पारेको धितोपत्र बोर्ड अध्यक्ष रमेश कुमार हमालले बताएका हुन्।

‘पहिलो पटक सार्वजनिक संस्थामा जवाफदेहिताको सम्पूर्ण नमूना पेश गरिएकोबारे उपस्थित सबैलाई विश्वस्त पारियो, हमालले भने, सरकारी निकाय आफैले आफ्नो कारवाहीको समय सीमा तोकिएको र कसैको तजबिजिमा काम नगरेको स्थापित गरियो। बिहान ८ बजे देखि छलफल सुरु भएको थियो। पौने ११ बजेसम्म चलेको वार्ता लगत्तै समितिले प्रक्रिया रोक्ने निर्देशन फिर्ता लिएको हो।

जेठ २९ गतेको बैठकले अनुमति प्रक्रिया रोकेको थियो। तर नयाँ स्टक ब्रोकर एसोसिएसन र लगानीकर्ताहरुको ठूलो दबाबपछि नयाँ ब्रोकर लाईसेन्स रोक्न निर्देशन दिएको एक हप्ताभित्रै अर्को बैठक डाकेको हो। समितिले व्यक्तिगत स्वार्थमा प्रक्रिया रोकेको भन्दै चौतर्फी आलोचना भएको थियो।