मंगलबार सुनचाँदीको भाउमा गिरावट, कतिमा झर्यो ?

काठमाडौं – मंगलबार सुनको भाउमा गिरावट देखिएको छ । असार ५ गते, सुन तोलामा २०० रुपैयाँले सस्तिएको छ । चाँदीको भाउ भने लगातार दोश्रो दिन ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा झरेको छ ।

सोमबार भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ कायम रहेको थियो । चाँदीको मूल्य भने निरन्तर दोश्रो दिन गिरावट भएको छ ।

आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला १० रुपैयाँले सस्तिएर एक हजार ४४० रुपैयाँमा किनबेच भएको थियो ।