यी ६ काम गर्न कम्पनी रजिष्ट्रार कार्यालयको निर्देशन

काठमाडौं – कम्पनी रजिष्ट्रार कर्यालयले कम्पनीहरुलाई ६ बुँदे निर्देशन दिएको छ । आगामी आर्थिक बर्ष २०८०।८१ को बजेट वक्तव्यको बुँदा नं. ७० मा अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्न सकिने गरी प्रक्रियालाई सरल र पारदर्शी बनाइने छ । भनी नीतिगत घोषणा भएकोले त्यसको कार्यान्वयनको लागि तयारी स्वरुप ६ बुँदे निर्देशन जारी गरिएको कार्यालयले जनाएको छ ।

नेपाल सरकारले तर्जुमा गरेको नीति कार्यान्वयनको लागि कार्यालयले निकट भविष्यमा कम्पनी दर्ता, कम्पनी प्रशासन एवं खारेजी सम्बन्धी सेवा लिनको लागि हुलाक सेवा प्रदायक संगको सहकार्यमा सेवाग्राही कम्पनीको संचालक वा प्रतिनिधि यस कार्यालयमा भौतिक रुपमा उपस्थित हुनु नपर्ने, कम्पनीको रजिष्टर्ड ठेगानामा कार्यालयले नै कागजात पठाउने गरी कार्यढाँचा परिमार्जनको गृहकार्य गरिरहेको जनाएको छ ।

कार्यालयले भनेको छ । सेवा प्रवाहमा प्रविधिको प्रयोग वढाउन सरकारका निकायहरुबीच सेवाग्राही कम्पनी सम्बद्ध सूचनाहरु आदान प्रदान गर्न र एउटै कागजात विभिन्न सरकारी निकायहरुमा पटक पटक पेश गर्नु पर्ने हैरानीबाट मुक्ति दिलाउन कम्पनी सम्बद्ध अभिलेखको शुद्धिकरण र गुणस्तर अभिवृद्धि एवं सूचना प्रविधि सम्बद्ध पूर्वाधारहरुको तैयारी गर्ने जस्ता कार्य कार्यालयले प्राथमिकताका साथ सम्पादन गरिरहेको छ र यस कार्यमा सम्बद्ध कम्पनीहरुको सहयोगको अपेक्षा समेत राख्दछ ।

सोही प्रयोजनको लागि कार्यालयलाई कम्पनी सम्बद्ध विभिन्न सूचना तथा जानकारी एवं परिमाजिर्त तथा सम्पादित कागजातहरु आवश्यक भएकोले कम्पनी ऐनको दफा १६, तथा दफा १७८ ले दिएको अधिकार प्रयोग गरी ऐनको दफा १८५ वमोजिम नियुक्त कम्पनी सचिव, कम्पनी सचिवको रुपमा काम गर्न तोकिएको कर्मचारी, कम्पनीका संचालक एवं प्रचलित कानुनले कम्पनी वा ट्रष्ट सेवा प्रदायक भनी परिभाषित गरिएका संस्था वा व्यक्तिहरुलाई निम्न वमोजिम निर्देशन जारी गरिएको कार्यालयले जनाएको छ।

 

यस्ता छन् निर्देशनहरु

१० कम्पनीहरुलाई पत्रव्यवहार गर्न सकिने विस्तृत र पूर्ण ठेगाना (घर नं. समेत खुल्ने आधुनिक ठेगाना) एवं फोन नं. (मोवाइल नं.) अनिवार्य रुपमा अभिलेख गर्नु गराउनु हुन सूचित गरिएको छ । यसपूर्व संस्थापित कम्पनीहरुले सफ्वेयरको ठेगाना परिवर्तन भन्ने अप्सनमा गै पत्राचारको लागि आवश्यक विस्तृत ठेगाना र फोन नं. अध्यावधिक गर्नु होला ।

२० कम्पनीको इमेल ठेगाना अध्यावधिक गर्नु पर्ने भए गर्न, त्यस्तो इमेल ठेगाना र कार्यालयले दिएको पासवर्ड कम्पनीको आधिकारीक व्यक्तिको नियन्त्रणमा राख्न र स्वयं प्रयोग गर्न समेत सूचित गरिएको छ ।

३० कम्पनी संस्थापना गर्दा वा शेयर खरिद विक्रीको चरणमा कम्पनीका शेयरधनी तथा संचालकहरुको राष्ट्रिय परिचयपत्र नं. समेत आगामी दिनमा अनिवार्य गर्ने, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग संगको सहकार्यमा व्यक्तिको वायोमेट्रिक विवरण समेत रुजु गर्ने कार्ययोजना रहेकोले कम्पनीका शेयरधनीहरुको व्यक्तिगत विवरणमा राष्ट्रिय परिचयपत्र नं. र विस्तृत ठेगाना समेत क्रमशः अध्यावधि गरी अन्तिम समयमा हुने अनावश्यक भिडभाडबाट जोगिन सूचित गरिएको छ।

४० अन्य सरकारी निकायहरुबाट चुस्त दुरुस्त सेवा प्राप्त गर्न कम्पनीको प्रवन्धपत्र, नियमावली, शेयरलगत लगायतका कागजात उक्त सरकारी निकायले समेत हेर्न सक्ने गरी राख्नु पर्ने भएकोले कम्पनी निर्देशिका, २०७२ को दफा ९५ञ को उपदफा ४ वमोजिम दुई वा सो भन्दा वढी पटक प्रवन्धपत्र तथा नियमावली संशोधन गराएको भए त्यस्तो प्रवन्धपत्र तथा नियमावली सम्पादन तथा एकीकृत गरी विद्युतीय सूचना प्रणालीको तत् तत् खण्डमा अपलोड गराउनु होला ।

५० कम्पनी निर्देशिकाको दफा ९२ख मा कम्पनीहरुले आफ्नो कम्पनीका संचालक तथा शेयरधनीहरुको लगत अभौतिकरण गरी पेश गर्नु पर्ने व्यवस्था गरेको छ । भविष्यमा यस्तो विवरण डिजिटल सिग्नेचर मार्फत प्रमाणीत गर्नु पर्ने र कार्यालयले समेत सोही वमोजिम सेवा प्रवाह गर्ने योजना रहेको कारणले अन्तिम समयमा हुने अनावश्यक भिडभाडबाट जोगिन उक्त विवरणहरु समयमा नै क्रमशः अभौतिकीकरण गर्नु गराउनु होला ।

६० कार्यालयमा रहनु पर्ने कतिपय कम्पनीका सक्कल फाइल विभिन्न कारणले कार्यालय वाहिरः सम्बन्धित कम्पनीमा वा अनधिकृत व्यक्तिको कब्जामा रहेको भन्ने सूचनाहरु प्राप्त हुन आएकोले कोही कसैको निवास वा कार्यालयमा यस कार्यालय सम्वद्ध सक्कल फाइल वा कागजात रहेको भएमा तत्कालै फिर्ता गर्न सूचित गरिएको छ अन्यथा, यसको कानुनी जवाफदेहीता स्वयंले वहन गर्नु पर्ने छ ।