जगदम्बा स्टिललाई दशैदशा : ‘काठमाडौंमा रड भाँचियो, विरगन्जको कार्यलयमा तालाबन्दी’

काठमाडौं – जगदम्बा स्टिलका रडहरु गुणस्तरहीन रहेको पाइएको छ । बालाजुको बोहोराटारस्थित एउटा घरमा निर्माणको क्रममा रड भाँचिएपछि जगदम्बा स्टिलका उत्पादनहरु गुणस्तहिन रहेको पाइएको हो ।
घरधनी श्रीकृष्ण भट्टराईले घरको तेस्रो तल्लाको ढलान सुरु गर्ने क्रममा रड भाँभिएको थियो । २ तल्लाको ढलान सकुञ्जेलसम्म निर्माण सामग्रीमा कुनै कमजोरी थिएन तर बुधबार एकाएक डण्डीमा समस्या देखिएको उनको भनाई छ ।
‘जगदम्बा कम्पनीका फलामे रड प्रयोग गरेका उनी बुधबार कामदारले डण्डी भाँचिएको खबर गरेपछि छाँगाबाट खसेजस्तै भएँ’, भट्टाईले भने, ‘४ आना जग्गामा घर बनाउन डण्डी प्रयोग गर्दै आएको १६ एमएमका डण्डी भाँचिएको भन्दा पहिले त विश्वास नै लागेन। पछि साँचो रहेछ ।’
यस विषयमा कम्पनीले घर बनाउने कामदारले प्रयोग गर्न नजान्दा रड भाँचिएको बताएको छ । घर बनेको ठाउँमा आएर कम्पनीका कर्मचारीहरुले उल्टै कामदारको कमजोरी देखाएर फर्किएको भट्राईको भनाई छ ।
त्यस्तै, वीरगञ्जमा रहेको कम्पनीका उद्योगमा स्थानीयले तालाबन्दी गरेका छन् । जगदम्बा स्टिलले मध्यरातमा भारतबाट कामदार ल्याएको भन्दै स्थानीयले उद्योगको मुल गेटमा तालाबन्दी गरेका हुन् ।
केहि दिनअघि जगदम्बा स्टिलको उद्योगमा कार्यरत ११ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो। कोरोना संक्रमण पुष्टी हिने मध्ये ६ जना क्वारेन्टाइनमा बसकेका छन् भने बाँकी ५ जना बेपता छन् ।
मध्यरातमा ट्रकबाट मजदुर उद्योगमा भित्र्याउँदै गर्दा स्थानीयले सवारी साधनसहित मजदुरलाई नियन्त्रणमा लिएर तालाबन्दी गरेका थिए । ११ जना संक्रमित भेटिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ्ग गर्न उद्योगले चासो नदेखाएको स्थानीयको आरोप छ ।