चैतसम्ममा साढे ६ करोड नोक्सानी,  भूगोल इनर्जीको घाटा झनै बढ्यो

काठमाडौं – भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी चालु आर्थिक वर्षको तेस्रो त्रैमामिा झनै घाटा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ। गत आर्थिक वर्षको चैतसम्ममा ८४ लाख ४९ हजार रुपैयाँ घाटा रुपैयाँले घाटामा रहेको कम्पनी चालु आर्थिैक वर्षको सोहि अवधिमा करोड ४७ लाख १४ हजार रुपैयाँले घाटामा रहेको देखिन्छ।

कम्पनीको विद्युत विक्रीबाट हुने आम्दानी घट्दा नोक्सानी झनै बढेको देखिन्छ। गत आर्थिक वर्षको चैतसम्ममा विद्युत बिक्रीबाट ३ करोड ३७ लाख रुपैयाँ कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा २ करोड ३४ लाख रुपैयाँ मात्रै कमाएको छ।

कम्पनीको खर्च बढ्दा पनि नाफामा असर परेको छ। गत वर्षको तुलनामा ब्याज खर्च झनै बढेको छ भने प्रशासनिक खर्च पनि बढेको छ। आम्दानी घट्ने तर खर्च बने झनै बढेको कारण कम्पनीको घाटा चुलिन पुगेको देखिन्छ।

तर कम्पनीले भने नियमित बिद्युत उत्पादन भइरहेकोले आगामि दिनमा बिद्युत बिक्रीबाट हुने आम्दानी बढ्ने जनाएको छ।चैत मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी ३८ करोड ८ लाख ३७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष २७ करोड २३ लाख ३१ हजार रुपैयाँ ऋणात्मक छ ।

कम्पनीका अनुसार चैतसम्म प्रतिशेयर आम्दानी १६ रुपैयाँ १८ पैसा ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ ५८रुपैयाँ २१ पैसा कायम छ।