पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग भिड्दै, आईसीसी क्रिकेट विश्वकप छनोट

काठमाडौं – आजदेखि जिम्बाब्वेमा सुरु हुने आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमै नेपालले घरेलु टोली जिम्बाब्वेसँग खेल्दै । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । समूह ए मा रहेको जिम्बाब्वे र नेपालबीचको खेल हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुने छ ।
नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्न लागेको हो । नेपालले २० जुनमा अमेरिका, २२ जुनमा वेष्ट इन्डिज र २४ जुनमा नेदरल्याण्ड्ससँग खेल्नेछ । समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्ने छन् ।