सनराइज बैंक र लक्ष्मी बैंकको साधारणसभामा

काठमाडौं – एक आपसमा मर्जर प्रक्रियामा रहेका सनराइज बैंक र लक्ष्मी बैंकको साधारणसभा आज हुँदै छ । सनराइज बैंकले आम्रपाली ब्यान्क्वेटमा सभा आह्वान गरेको हो भने लक्ष्मी बैंकले कमलपोखरी स्थित अग्रवाल भवनमा सभा आह्वान गरेको छ।
सनराइज बैंकको साधारणसभा नियमित वार्षिक साधारणसभा हो भने लक्ष्मी बैंकको विशेष साधारणसभा हो। सनराइज बैंकको सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन लगायतका विवरण पारित गर्ने प्रस्ताव पेश हुने जनाएको छ ।
दुवै बैंकको सभामा एक आपसमा मर्जर सम्बन्धी प्रस्ताव पेश हुने छ । यी दुई बैंक समान हैसियत अर्थात् १:१ को स्वापमा मर्ज हुन लागेका हुन् । लक्ष्मी बैंकले साधारणसभा प्रयोजनको लागि जेठ २६ गते शुक्रबार बुक क्लोज गर्ने निर्णय गरेको छ ।
जेठ २५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । त्यस्तै सनराइज बैंकले जेठ २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।