कोरोना संक्रमण पुष्टि भएपछि दुई बैंक बन्द

नेपालगञ्ज – बर्दियाका दुई जना बैंकरमा कोरोना संक्रमण पुष्टि भएको छ । गुलरियामा रहेको मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन बैंक लिमिटेड सिलमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि दबै बैंकका सम्पूर्ण सेवाहरु बन्द गरिएका छन ।