नेशनल हाइड्रोपावरको शेयरमूल्य समायोजन

काठमाडौं – असार १ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (NHPC) को शेयरमूल्य समायोजन भएको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
यस दिन नेप्सेले कम्पनीको ५० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य १८२ रुपैयाँ ७ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो।
अघिल्लो कारोबार दिन अर्थात बिहीबार कम्पनीको शेयर दोस्रो बजारमा २२३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्ने छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता शेयर निष्काशन गर्ने छ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार ९४३ रुपैयाँ ५५ पैसा रहेको छ। हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ४६ करोड ६४ लाख ३७ हजार ९१५ रुपैयाँ ३२ पैसा पुग्ने छ।