विपद् व्यवस्थापन कोषमा ६ अर्ब, प्रभावितहरुले अझै पाएनन् राहत

काठमाडौं – नेपालका धेरै स्थानका विपद् प्रभावितहरु अझै घरबारविहिन भएका छन् । कतिपयले राहत पाउन सकेका छैनन् । तर विपद् व्यवस्थापन कोषमा ६ अर्ब रुपैयाँ बसिरहेको जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यनिकण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिले कोषमा ६ अर्ब तीन करोड १२ लाख ९५ हजार मौज्दात रहेको छ ।
त्यसमध्ये प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ३ अर्ब १० करोड ६७ लाख जम्मा छ । यस्तै विपद व्यवस्थापन कोषमा एकअर्ब ८१ करोड छ । प्रदेश विपद् व्यवस्थापन कोषमा ५१ करोड ३३ लाख तथा जिलल विपद व्यवस्थापन कोषमा ५९ करोड २२ लाख रकम रहेको जनाइएको छ ।