बैंकले चौथोदेखि छैटौँतहसम्मका पदका लागि बैंकले दरखास्त माग

काठमाडौं – नेपाल बैंक लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन खुला गरेको छ । बैंकले चौथोदेखि छैटौँतहसम्मका पदका लागि बैंकले दरखास्त माग गरेको हो । बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न लागेको छ ।

इच्छुक तथा योग्य नेपाली नागरिकले आज १ असारदेखि २१ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । बैंकले बैंकको वेबसाइटमा रहेको लिंक मार्फत अनलाइन आवेदन दिन आग्रह गरेको बताएको छ ।