धितोपत्र बोर्डमा गम्भीर चलखेल, अंकित मूल्यभन्दा बढिमा आइपिओ जारी गर्न एनसेलको सुपारी

काठमाडौं – नेपाल धितोपत्र बोर्डमा गम्भिर चलखेल भएको पाइएको छ । ठूला लगानीकर्ताको प्रलोभनमा परेर नेपाल घितोपत्र बोर्डले अंकित मूल्यभन्दा बढी (प्रिमियम) मा साधारण शेयर निष्कासन (आईपीओ) गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याएपछि चलखेल भएको हो ।
बोर्डले ठूला लगानीकर्ताको सुपारीमा बुक बिल्डिङसम्बन्धी निर्देशिका जारी गरेको छ । उक्त निर्देशिका बोर्ड सञ्चालक समितिको साउन २२ गते को निर्णयअनुसार हिजो (बुधबार)देखि लागु भएको हो ।
यो निर्देशिकाले ठूला लगानीकर्ताहरुका लागि राहत हुने बुझिएको छ । अवदेखि कुनै कम्पनीले साधारण सेयर निस्काशन (आइपिओ) जारी गर्दा अंकित मूल्य (रु १००) भन्दा बढिमा निस्काशन गर्न पाउने भएका छन । यसरी निस्काशन गर्दा न्युनतम ५० कित्तामा आईपिओ खुलाउन पर्ने छ ।
सर्वसाधारण लगानीकर्तालाई निष्कासन हुने शेयर न्यूनतम ५० कित्ताको दरले मात्रै बाँडफाँट हुनेछ । अहिलेको जस्तो १० कित्ताको बाँडफाँट प्रणाली यसमा रहने छैन । न्यूनतम आवेदन पनि ५० कित्ता नै हुनेछ ।
दोश्रो बजारमा आउन आनाकानी गरिरहेका पव्लिक लिमिटेड कम्पनीहरुलाई यो निर्देशिकाले साधारण सेयर जारी गर्न बाध्य पार्ने भएपनि साना लगानीकर्ता भने मारमा पर्ने भएका छन । थोरै थोरै लगानी गरेर सेयर बजारमा छिरेका साना लगानीकर्ता उच्चप्रतिफल दिने कम्पनीमा लगानी गर्नबाट बन्चित हुने एक लगानीकर्ताले बताए ।
पछिल्लो समय जस्तोसुकै कम्पनीको पनि साधारण सेयर १० कित्ता मात्र पर्न थालेपछि ठूला लगानीकर्ताहरुले अर्थमन्त्रालय र नेपाल धितोपत्र बोर्डका कर्मचारीलाई प्रलोभनमा पारेर ऐनमै यस्तो खालको व्यवस्था राख्न लगाएका हुन ।
यो चलखेल विगत लामो समयदेखि भइरहेको भएपछि बुधबारबाट कायन्वयनमा आएको हो । यसअघि गत फागुनमा बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गरी बुक बिल्डिङमार्फत् सार्वजनिक निष्कासन गर्न पाउने व्यवस्था थप गरेको थियो । तर सोसम्बन्धी निर्देशिकाको अभावमा त्यो व्यवस्था कार्यान्वयनमा आउन सकिरहेको थिएन । अब भने निर्देशिकाले गरेको व्यवस्थापन र पूर्वाधार पुर्याएर यसरी शेयर बिक्री गर्ने बाटो खुलेको छ ।
के हो बुक बिल्डिङ ?
बुक बिल्डिङ कुनै पनि शेयरको किताबी मूल्य निर्धारण गर्ने प्रक्रिया हो । हालसम्म सामान्यतया आईपीओहरुको किताबी मूल्य यसको अंकित मूल्य बराबर राख्दै आईपीओ बिक्री गर्ने व्यवस्था रहेकोमा त्यसरी शेयर बिक्री गर्न नचाहनेहरुलाई नयाँ किताबी मूल्य तय गर्ने पद्दति नै बुक बिल्डिङ हो ।
यो प्रक्रियामार्फत् महँगो मूल्यमा आईपीओ जारी गर्ने चाहना भएका योग्य कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको परामर्श गरेर प्रारम्भिक विवरणपत्र तयार गर्नुपर्छ । उक्त विवरणपत्रमा अन्य साधारण विवरणपत्रमा उल्लेख भएका सबै विवरणका अतिरिक्त बुक बिल्डिङमार्फत् कति शेयर बिक्री गर्ने हो, त्यसको संख्या, धितोपत्रको अनुमानित मूल्य र त्यस्तो मूल्याङ्कनको आधार तयार र औचित्यसमेत उल्लेख गर्नुपर्छ ।
एनसेलको पनि चलखेल
लामो समयदेखि पव्लिक लिमिटेड कम्पनीका रुपान्तरण हुन आनाकानी गरिरहेको एनसेल प्रा.लिले नेपाल धितोपत्र बोर्डका पदाधिकारी र अर्थमन्त्रालयका कर्मचारीलाई आर्थिक सहयोग गरेर यो व्यवस्था लागु गर्न बाध्य पारेको नेपाल धितोपत्र बोर्ड श्रोतले जनाएको छ । आर्थिक सवाल डटकमसँग कुरा गर्दै बोर्डका एक कर्मचारी भने, ‘पव्लिक लिमिटेड कम्पनीमा रुपान्तरण हुन आनाकानी गरिरहेको टेलिकम प्रदायक कम्पनी एनसेलले दोश्रो बजारमा आउनका लागि धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गरी बुक बिल्डिङमार्फत् सेयर निस्काशन गर्न पाउने व्यवस्था गर्न दवाव दिइरहेको थियो ।’ नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘उसकै दवावमा ऐन संशोधन भएर निर्देशिका बनेको हो ।’
कम्पनी ऐन २०६३ ले ५ करोड भन्दा बढि चुत्ता पुँजी भएको दुरसंचार प्रदायक कम्पनी पव्लिक लिमिटड कम्पनीका रुपमा स्थापना हुन पर्ने उल्लेख गरेको छ । यदी उक्त कम्पनी दर्ता भएको भए दुई बर्षभित्र पव्लिक लिमिडेड कम्पनीमा रुपान्तरण हुनु पर्ने उल्लेख छ । तर एनसेलले कम्पनी कम्पनी ऐन २०६३ को धज्जी उडाउँदै आफू अनुकुलको ऐन संशोधन गर्न लामो समय लगाएको थियो ।
उसले भने जसरी ऐन संशोधन भएर निर्देशिकासमेत बनिसकेपछि एनसेल पव्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको छ । अव उसले साधारण सेयर जारी गर्दा अंकित मूल्य भन्दा बढि रुपैयाँमा आइिपिओ निस्काशन गर्न बाटो खुलेको छ ।
एनसेलले महङ्गो मूल्या सेयर बिक्रि गर्नका लागि कम्पनी रजिस्ट्रारको कार्यलयमा पव्लिक लिमिटेड कम्पनीमा रुपान्तरण हुनका लागि आवश्यक कागजात नपुर्याई निवेदन दर्ता गराएको थियो । कम्पनी रजिस्ट्रारको कार्यलयले दिएको जानकारी अनुसार धितोपत्र बोर्डले बुक विल्डिङ नियमावली लागु गर्दैछ भन्ने जानकारी पाएपछि हतार हतारमा सबै डकुमेन्ट ल्याएको थियो । धितोपत्र बोर्डको साउन २२ गते बसेको बोर्ड बैठक भन्दा केही दिन अघि मात्र एनसेल पव्लिक कम्पनीमा रुपान्तरण भएको थियो ।