आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति

काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आगामी असार १ गतेदेखि वैदेशिक रोजगारमा गएका नेपाली र असार २० गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आइपिओ निष्काशन गर्दैछ ।

सर्वसाधारण समुहको एक करोड २० लाख कित्ता मध्ये ६ लाख कित्ता कर्मचारीहरुलाई १०० रुपैयाँ अंकित मूल्यमै बिक्री गर्नेछ । बाँकी एक करोड १४ लाख कित्ता शेयर भने १३६ रुपैयाँ ९१ पैसा प्रिमियम मूल्य थप गरी प्रति कित्ता २३६.९१ रुपैयाँको दरमा निष्काशन गर्नेछ ।

सर्वसाधारणलाई एक करोड २० लाख कित्ता शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब कायम पुग्नेछ । नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीले न्युनतम ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्नेछ । यसका पश्चात पनि नपुग पूँजीको लागि कम्पनीले शेयरधनीहरूलाई बोनस शेयर वा हकप्रद शेयर वितरण गर्नु पर्ने देखिन्छ ।