२६ सय जनाले पाए थ्रीस्टार हाइड्रोको शेयर

काठमाडौं – थ्रीस्टार हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपिओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जेठ २८ गते यी शेयर बाँडफाँड गरेको जनाएको छ ।

क्यापिटलका अनुसार रितपुर्वक आवेदन दिने २६ सय ६ जनालाई शेयर बाँडफाँड गरिएको छ । कम्पनीले बैशाख ११ गतेदेखि जेठ ९ गतेसम्म ४ लाख ९२ हजार ५ सय कित्ता सेयर खोटाङ जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्काशन गरेको थियो ।

यस निष्काशनमा खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं १ देखि ११ (साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गाविस) र दिप्रुङ चुइचुम्मा गाउँपालिका १ देखि ७ सम्म (साविकको याम्खा, डाडागाँउ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गाविस) का स्थानीयले आवेदन दिन सक्ने व्यवस्था भएको छ।

स्थानीयलाई निष्काशन गरेको शेयर बाँडफाँड भएसंगै कम्पनीले अब सर्वसाधारणलाई शेयर निष्काशन गर्ने जनाएको हो ।