कर विवाद समाधान हुँदा १० अर्बको कारोबार, निर्जीवन बीमामा बढी आकर्षण

काठमाडौं –  यस साता ९जेठ २१ देखि जेठ १५ सम्म० शेयर बजार परिसूचक नेप्से ३.९३ प्रतिशतले बढेको छ। गत साताको अन्त्यमा १८६६.३५ को बिन्दुमा बन्द भएको नेप्से सूचक यस साताको अन्त्यमा ३.९३ प्रतिशतले बढेर १९३९.६१ को बिन्दुमा बन्द भएको जनाएको छ ।

यस साता कुल ५ दिन शेयर कारोबार भएकोमा सोमबार बाहेकका अन्य ४ दिनमा सूचक बढेको छ । पुंजीगत लाभकर समन्धी विवाद टुंगिएपछि साताको पहिलो दिन आज आइतबार सूचक ५० भन्दा धेरै अंकले बढेको थियो। कर समबन्धि विवादका कारण लगानीकर्ताले ब्रोकर हाउसमा ताला नै लगाएपछि अर्थ मन्त्रालयले वार्ता गरेर शेयर लगानीकर्ताको हकमा ५ प्रतिशत वा ७.५ प्रतिशतको पुन्जिगता लाभकर नै अन्तिम भएको सूचना निकालेको बताएको छ ।

यस साता समुहगत सूचकतर्फ सबै समुहगत सूचक बढेको हो। जस मध्ये निर्जीवन बीमा समुहको सूचक सर्वाधिक १४.१९ प्रतिशत बढेको छ भने ट्रेडिङ समुह १२.५० प्रतिशतले बढेको छ । त्यस्तै होटेल एण्ड टुरिजम समुह १०.९८ प्रतिशत बढेको छ । बैंकिंग समुह सबैभन्दा कम ०.३५ प्रतिशत बढेको छ भने म्युचुअल फण्ड समुह १.६२ प्रतिशत बढेको छ ।

यस साता कुल १० अर्ब बढीको कारोबार भएको छ । यस साता कुल १० अर्ब २८ करोड ५५ लाखको कारोबार भएको छ । यस साता जेठ २४ मा सर्वाधिक २ अर्ब ३६ करोड कारोबार भएको छ भने जेठ २१ मा सबै भन्दा कम १ अर्ब ६५ करोड कारोबार भएको छ ।

यस साता शिवम सिमेन्टको सर्वाधिक ६२ करोड ५६ लाखको कारोबार भएको छ । त्यस्तै सोल्टी होटेलको ४२ करोड ७९ लाखको कारोबार भएको छ भने आईजीआई प्रुडेन्शियल इन्स्योरेन्सको ३३ करोड २१ लाख कारोबार भएको छ । त्यस्तै चिलिमे हाइड्रोको ३० करोड ९५ लाखको कारोबार भएको छ भने नेपाल टेलिकमको २६ करोड ५३ लाखको कारोबार भएको छ ।

यस साता रिभर फल्स पावरको शेयर मूल्य सर्वाधिक १८.४६ प्रतिशतले बढेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य १७.५८ प्रतिशत बढेको छ । त्यस्तै प्रभु इन्स्योरेन्सको शेयर मूल्य १७.४४ प्रतिशत, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको शेयर मूल्य १६.७९ प्रतिशत र सानिमा जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य १६.४४ प्रतिशत बढेको छ ।

यस साता सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्य सर्वाधिक ५।५२ प्रतिशत घटेको छ भने आदर्श लघुवित्तको शेयर मूल्य ५.२४ प्रतिशत घटेको छ । त्यस्तै सिद्धार्थ इक्विटी फण्डको इकाई मूल्य ४.५४ प्रतिशत, जोशी हाइड्रोको शेयर मूल्य ३.८८ प्रतिशत तथा लक्ष्मी बैंकको शेयर मूल्य ३.८६ प्रतिशत घटेको छ ।

यस साता विभिन्न ६ धितोपत्र सुचिकृत भएको छ । यस साता आरएमडिसी लघुवित्तको २६ प्रतिशत बोनस, हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.७५ प्रतिशत बोनस शेयर, कालिका पावर कम्पनीको १५ प्रतिशत बोनस, र नेशनल माइक्रोफाइनान्सको १५ प्रतिशत बोनस शेयर सुचिकृत भएको छ ।

यस साता नै सिटी होटेल, दोल्ती पावर कम्पनी, र भूगोल इनर्जी लिमिटेडको आईपिओ सुचिकृत भएको छ । यसको साथै ग्लोबल आईएमई बैंकको ऋणपत्र र प्रभु स्मार्ट फण्ड म्युचुअल फण्ड पनि सुचिकृत भएको बताएको छ ।