राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई छलफलमा बोलायो,

काठमाडौं – नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई छलफलमा बोलाएको छ । राष्ट्र बैंकलेअ ज बिहिबार दिउँसो ३:३० बजे होटेल याक एण्ड यतिमा वाणिज्य बैंकका सीइओहरुलाई छलफलमा बोलाएको हो।
समसामयिक विषयमा अन्तरक्रिया गर्नको लागि छलफल आह्वान गरिएको राष्ट्र बैंकले जनाएको छ । बैठकमा मौद्रिक नीतिको तयारीबारे छलफल गर्ने, बैंकका सीइओहरुका समस्या सुन्ने र राष्ट्र बैंकले बैंकका सीइओहरुलाई आवश्यक निर्देशन दिने बताईएको छ ।
केहि दिन अघि राष्ट्र बैंकले सोहि होटेलमा बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुसंग अन्तरक्रिया गरेको थियो । राष्ट्र बैंकले गत जेठ २३ गते मंगलबार ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्षहरूसँग याक एण्ड यति होटेलमा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।