साढे १ अंक बढ्यो नेप्से

काठमाडौं –  बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेको बताएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार २५.६६ अंक बढेर १९२७.६५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५१ अंक बढेर १९२९.१६ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१६ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ११ स्टकको ५८ हजार २९४ रुपैयाँ ४० पैसाबराबरको २०८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको बताईएको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।