बजेट बनाउँदा इमान्दारित भन्दा बाहिर गएको छैनः अर्थमन्त्री महत

काठमाडौं – अर्थमन्त्री डा.प्रकाशशरण महतले इमान्दार भएर काम गर्दा कठिन भएको बताएका छन् । मंगलवार बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा जवाफ दिँदै यस्तो बताएका हुन् ।

उनले अर्थमन्त्री भएर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि इमान्दार भएर काम गरेको बताएका हुन् । उनले आगामी आर्थिक वर्षको बजेट बनाउन आफूले कुनैपनि प्रभावबाट मुक्त भएर पारदर्शी ढंगबाट काम गरेको दाबी गरेका हुन्। उनले अर्थ मन्त्रालयका कर्मचारीकै रुपमा रामकृष्ण श्रेष्ठलाई करका दर टाइप गर्न दिएको बताए ।

अर्थमन्त्रीले श्रेष्ठले ३० वर्षदेखि यही काम गर्दै आएको बताए । श्रेष्ठको विज्ञताको कारण अघिल्लो अर्थमन्त्रीले मन्त्रालयमा नियुक्त गरेको देखिएको उनले बताए । उनी भन्छन, मेरो इमान्दारितामा एक इन्च रौँ नहल्लेको स्पष्ट पारे । उनले इमान्दारिता कायम राखेकाले स्वास्र्थ समूहहरु निजी स्वार्थ भएकाहरु पछि लागेको बताए ।

उनले अनधिकृत व्यक्ति छिराएर करका दर हेरफेर गर्न प¥यो भन्ने भाष्य बनाएर नियोजित रुपमा गर्दा त्यो नै सत्य हुने ? भन्दै प्रश्न गरे । उनले जिम्मेवारी लिएर कसम खाएर संसदको रोष्टममा उभिएर जवाफ दिएको भन्दै आफ्नो इमान्दारितामाथि शंका नगर्न आग्रह गरेका हुन्।

त्यस्तै,अर्थमन्त्री डा. महतले करको दर हेरफेरबारे आफूहरुले नै निर्णय गरेको बताए। उनले निर्णय भएको इन्ट्री गर्न भने पूर्व नायब सुब्बा रामकृष्ण श्रेष्ठलाई सहयोगीका रुपमा लिएको स्वीकार गरे । उनले करको दर हेरफेरबारे आफू सहितका आधिकारिक व्यक्तिहरुले निर्णय गरेको दाबी गरेका छन् ।

उनले निर्णय गरिसकेपछि निर्णय प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा इन्टर गर्ने काम मात्र भएको उनले बताएका हुन्।