यी हुन नयाँ लाइसेन्स पाउने कम्पनी, ११ ब्रोकर कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाए,

काठमाडौं – पहिलो चरणमा सात ब्रोकर कम्पनीलाई नयाँ लाइसेन्स दिएको धितोपत्र बोर्डले दोस्रो चरणमा थप ११ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको बताएको छ। बोर्डले मापदण्ड पुगेका र पूर्वाधार तयार गरेका ११ कम्पनीलाई लाइसेन्स दिएको हो।
नयाँ लाइसेन्स पाउनेमा, एलिट स्टक हाउस लि., इन्फिनिटी सेक्युरिटिज लि.,इन्डेक्स सेक्यूरिटिज ली.,शुभकामना सेक्यूरिटिज प्रा.लि.,मेघा स्टक मार्केट्स ली.,हातेमालो फाइनान्सियल सर्भिसेस प्रा.लि.,मनि वर्ल्ड शेयर एक्सचेन्ज प्रा. लि.,माछापुच्छ्रे, सेक्युरिटिज लि.,के .वि. एल. सेक्यूरिटिज लि.,कलश स्टक मार्केट प्रा.लि. र नबिल सेक्युरिटिज लि.रहेका छन् ।
यसअघि धितोपत्र बोर्डले आशय पत्र प्रदान गरेकामध्ये आवश्यक पूर्वाधार पूरा गरेका सातवटालाई ब्रोकर कारोबार सञ्चालन अनुमति प्रदान गरेको जनाएको छ। लाइसेन्स पाएकाहरूले सदस्यताको लागि नेप्सेमा निवेदन समेत दिइसकेका छन्। निवेदन दिनेहरूमा भोले गणेश सेक्युरिटी, क्यापिटल म्याक्स सेक्युरिटी, हिमालयन ब्रोकरेज, सन सेक्युरिटी, मियो सेक्युरिटी, शेयरप्रो सेक्युरिटी र प्रोपर्टि विजार्ड गरेको बताको छ।
बोर्डले नयाँ लाइसेन्सका लागि आह्वान गरेको सूचनामा ४५ वटा आवेदन परेका थिए। ती मध्ये तीन कम्पनी भने ब्रोकर लाइसेन्सको रेसबाटै आउट भएका बताएका छन्। आउट भएका मध्ये एउटा आवेदककर्ता आफैँले आवेदन फिर्ता लिएको र बाँकी दुई वटाको कागजात नपुगेको बोर्डले जनाएको थियो। बाँकी रहेका ४२ वटा ब्रोकर आवेदनलाई बोर्डले आशय पत्र दिएको थियो । यी ब्रोकर सञ्चालनमा आइसकेपछि नेपालमा ब्रोकर सङ्ख्या ५७ पुग्नेछ। थप एक दर्जन थपिए कुल ब्रोकर सङ्ख्या थप बढ्ने छ।
हाल ५० वटा धितोपत्र ब्रोकर सञ्चालनमा रहेका छन्। ५० वटा धितोपत्र ब्रोकरका ८४ शाखाले अनुमति प्राप्त गरिसकेका छन्। कुल मुलुकभर मुख्य कार्यालय र शाखा गरेर १३९ ले सेवा प्रवाह गर्ने छन्। थपिन लागेका ४३ वटा समेत जोड्ने हो भने आउने दिनमा १७७ कार्यालयबाट लगानीकर्ताले ब्रोकरेज सेवा पाउने बताएको छ।
तर बोर्डले लाइसेन्स दिए पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार सदस्यता नदिएसम्म उनीहरूले सेवा प्रवाह गर्न सक्दैनन्। उता नेप्से अध्यक्षविहीन भएकै कारण करिब एक महिना यता नेप्सेको सञ्चालक समिति बैठक बस्न सकेको छैन।
जसले गर्दा नेप्सेको नियमित गर्नु पर्ने महत्त्वपूर्ण कामहरू अवरुद्ध हुन पुगेका हुन्। पछिल्लो समय नयाँ ब्रोकरको सदस्यता समेत अन्योलमा परेको छ। लाइसेन्स पाएकाहरूलाई के कसरी सदस्यता दिने भन्ने विषयको टुङ्गो नेप्सेले अझै लगाउन सकेको छैन। बोर्ड अध्यक्ष नभएकै कारण के कसरी दिने भन्ने विषयको टुङ्गो नलागेको नेप्सेका अधिकारीले बताएका छन्।