विश्व बजारमा भने घट्यो सोमबार सुनचाँदीको मूल्य स्थिर,

काठमार्डौं – सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । जेठ २२ गते, सुन आइतबारकै भाउमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा खरिदबिक्री हुँदैछ । आइतबार सुन तोलामा एक हजार ७०० रुपैयाँले गिरावट भएको थियो ।
साताको दोश्रो कारोबार दिन, चाँदीको भाउ पनि अघिल्लै दिन अनुसार किनबेच हुँदै आएका बताएको छ । यस दिन चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । हिजो चाँदी तोलामा २० रुपैयाँले सस्तिएको थियो ।
विश्व बजारमा भने सोमबार सुनचाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतिअउन्स तीन डलर बराबरले गिरावट भएर एक हजार ९४४ डलरमा कारोबार भइरहेको छ । चाँदी पनि आज सस्तिदा २३ डलर भन्दा बढिमा कारोबार भइरहेको बताएको छ ।