अन्तिम कर ५ र ७.५ प्रतिशत, पूँजीगत लाभकरका बिषयमा सरकार अन्तत ब्याक भयो,

काठमाडौं – पूँजीगत लाभकरका बिषयमा सरकार अन्तत ब्याक भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र लगानीकर्ताबीच आज भएको छलफलमा सहमति भएको बताएका छन् ।

सरकार र लगानीकर्ताबीच पूँजीगत लाभकरका बिषयमा सहमति भएको छलफलमा सहभागी नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए।

सहमतिको मस्यौदा तयार पार्ने काम भएरहेको छ, उनले भने अब मस्यौदामा दुबै पक्षले हस्ताक्षर गर्ने कार्यक्रम छ । अब ५ र ७.५ प्रतिशत पूँजीगत कर नै अन्तिम हुने छ ।