सुनको भाउमा भारी गिरावट,

काठमाडौं-  लगातार ऐतिहासिक रकेर्डस्तरमा पुगेको सुनको भाउमा भारी गिरावट भएको छ । जेठ २१ गते, आइतबार सुन तोलामा एक हजार ७०० रुपैयाँले सस्तिएको हो । चाँदी पनि यस दिन तोलामा २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँमा झरेको बताएको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यसअघि, लगातार तीन दिन सुनको भाउ वृद्धि भएर नयाँ रेकर्ड कायम गरेको थियो । आर्थिक वर्ष २०८०र८१को बजेट घोषणापछि नै सुन पाँच हजार २०० रुपैयाँले बढोत्तरी भएको महासंघको तथ्यांकमा उल्लेख छ । शुक्रबार पनि सुन तोलामा ८०० रुपैयाँले महंगिएको थियो । त्यस दिन सुन प्रतितोला एक लाख १३ हजार ३०० रुपैयाँ रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको हो ।

सातको पहिलो दिन, चाँदीको मूल्य पनि सस्तिएको छ । निरन्तर चार दिन बढेको चाँदी यस दिन तोलामा २० रुपैयाँले गिरावट भएको छ । आज चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो साताको अन्तिम कारोबार दिन, चाँदी प्रतितोला २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४३५ रुपैयाँ पुगेको थियो ।