म्युचुअल फण्डले बैशाखमा शेयर किने, निक्षेप र मुद्दती निक्षेप दुबै घट्यो, लिष्टेड शेयर बढ्यो,

काठमाडौं-  म्युचुअल फण्डले बैशाखमा मनग्गे शेयर किनेका छन्। उनीहरुले प्रकाशित गरेको विवरणमा शेयर किनेको देखिएको हो। शेयर किन्दै गर्दा उनीहरुको निक्षेप र मुद्दती निक्षेप दुबै घट्यो भने लिष्टेड शेयर बढेको छ।

बैशाखमा मात्रै उनीहरुको निक्षेप ८ सय २८ करोडमा झरेको हो।जबकि चैतमा उनीहरुको निक्षेप ८ सय ७९ करोड रुपैयाँ रहेको थियो। जुन ५।७६ प्रतिशत कम हो। त्यसैगरी मुद्दती निक्षेप पनि बैशाखमा घटेको हो। बैशाखमा चार सय ३५ करोड रहेको मुद्दती निक्षेप चैतमा भने चार सय ३९ करोड रुपैयाँ रहेको थियो। जुन चैतको तुलनामा एक प्रतिशत भन्दा कम हो।

यता निक्षेप उल्लेख्य घट्दै गर्दा उता लिष्टेड कम्पनीको शेयर लगानी समग्रमा बढेको छ। बैशाखमा लिष्टेड कम्पनीको शेयर लगानी २१ सय ३५ करोड पुगेको हो। चैतमा उक्त रकम दुई हजार ६५ करोड रहेको थियो।

जुन ३।४० प्रतिशतको बृद्धि भएको हो। बैशाखमा नन् लिष्टेड कम्पनीको शेयर लगानी एक सय ३६ करोड पुगेको छ। जबकि चैतमा एक सय २८ करोड मात्रै लगानी रहेको थियो। जुन ६।८१ प्रतिशतले बढी भएको बताएको छ ।

समग्रमा न्याभ भने घटेको छ। बैशाखमा ०।३४ ले न्याभ घटेको हो। बैशाखमा शेयर बजार ओरालो लागेको कारण उनीहरुको न्याभ घटेको हो। बैशाखमा समग्र न्याभ ९।६३ मा झरेको छ। जुन समग्रमा ०।३४ प्रतिशत कम भएको हो।