नेप्से घेराउमा पुगेका लगानीकर्ताहरुको टिएमएस बन्द गराउन ब्रोकरका कार्यालयमा जाँदै

काठमाडौं- आन्दोलनरत लगानीकर्ताहरु टिएमएस बन्द गराउन ब्रोकरको कार्यालयमा जाने भएका छन्। नेप्से घेराउमा पुगेका लगानीकर्ताहरु विभाजित भएर टिएमएस बन्द गराउनको लागि ब्रोकरहरुकै कार्यालयमा जान लागेका हुन्।

लगानीकर्ताहरु विभिन्न समुहमा बाँडिएर अनामनगर, पुतलिसडक लगायतका क्षेत्रमा रहेका ब्रोकर कार्यालयहरुमा जान लागेका हुन्। यसअघि नै लगानीकर्ताहरुले टिएमएस बन्द गर्नको लागि ब्रोकर एशोशियसनलाई आग्रह गरेका थिए। तर टिएमएस बन्द नभएपछि लगानीकर्ताहरु ब्रोकर कार्यलयमा नै पुग्न लागेका हुन्।

अर्थमन्त्रालयका प्रतिनिधि आएपछि भने सबै लगानीकर्ताहरु नेप्सेमानै भेला हुने तयारीमा छन्। अहिले नेप्सेका अधिकारीहरु अर्थमन्त्रालयको प्रतिनिधि लिन भन्दै अर्थमन्त्रालय पुगेका छन्। लगानीकर्ताहरु आफ्नो माग पुरा गराउन आन्दोलनमा उत्रिएका छन्।