लगानीकर्ता इनकम ट्याक्सको दायरामा आउने भनेको छैन् अर्थमन्त्री महत

काठमाडौं- अर्थमन्त्री डा. प्रकाश शरण महतले शेयर लगानीकर्ताहरु आयकरको दायरामा नपर्ने बताएका छन् । आज आयोजित पोस्ट बजेट छलफलमा मन्त्री महतले बजेटमा लगानीकर्ताको हित नहुने खालको कुनै पनि व्यवस्था नराखिएकोले लगानीकर्तालाई नआत्तिन आग्रह गरेका छन् ।

उनले भने ुफेरि पनि दोहोर्याएर भन्छु, आम शेयर लगानीकर्ता कोहि पनि इनकम ट्याक्सको दायरामा आउने भनेको छैन, स्पष्ट पार्न चाहन्छु, घाटामा पनि कर लगाउनु भन्ने कुरै हुँदैन,अर्थमन्त्री डा.ले जनाएका छन् । शेयरमा लगानी गर्ने कोहि पनि लगानीकर्ता आत्तिनु पर्ने कारण पनि छैन् अर्थमन्त्री डा.ले बताएका छन् ।