काठमाडौं उपत्यकामा थप १३४ कोरोना संक्रमण पुष्टि

काठमाडौं – काठमाडौं उपत्यकामा थप १३४ जना सहित देशभर जम्मा ६३८ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार काठमाडौंका ११० जना, भक्तपुरका ८ जना र ललितपुरका १६ जनामा कोरोना संक्रमण देखिएको हो।

त्यस्तै हिजो पनि काठमाडौँ उपत्यकामा ४४ जनामा संक्रमण देखिएको थियो।

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ। लकडाउन खोलिएको र सर्बसाधारणको भिडभाड बढेको कारण र बाहिर जिल्लाबाट आउने मानिसबाट काठमाडौँ उपत्यकामा जोखिम बढिरहेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार नेपालमा हाल सम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७२०१ रहेको छ।

त्यस्तै आजै थप १७१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसंगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या १६६६४ पुगेको छ।