आठ विमानस्थल स्तरोन्नति गर्ने सरकारको घोषणा

काठमाडौं – सरकारले आठ वटा विमानस्थलको स्तरोन्नति गर्ने घोषणा गरेको छ । सोमबार आगामी आर्थिक वर्ष २०८०र०८१ कालागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विराटनगर, भरतपुर, नेपालगंज र धनगढी विमानस्थलहरूको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिने बताए ।
यसैगरी, रुकुमको चौरजहारी, दाङको टरीगाउँ, उदयपुरको सगरमाथा, जुम्लाको खलङ्गा लगायतका विमानस्थलको स्तरोन्नति गरिने भएको छ। दुर्गम क्षेत्रमा उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिएर हवाई यातायात सुविधालाई सहज र सुलभ बनाइने समेत सरकारको बजेटमा उल्लेख गरिएको छ।